मुलुकमा अहिलेपनि संविधान निर्माणको चर्चा परिचर्चा चलिरहेको छ । जिल्ला दौडाहामा आएका सत्ता पक्षका नेताहरुले समेत संबिाधन निर्माणका बारेमा भिन्न भिन्न प्रतिक्रयाहरु दिन थालेका छन् ।
दोस्रो संबिधान सभाको निर्बाचन पश्चात संकल्प गरिएको संबिधान निर्माणको कार्यका लागि पनि दलका नेताहरुको सक्षमता देखिएको छैन् ।
मुलुकका कुनै पनि स्थानहरुमा निर्माण गरिएका संविधानहरु सहमतीका आधारमा बनेका छैनन् एकआध स्थानहरुमा त्यस्ता खालका संकेतहरु देखिएका छन् । संबिधान निर्माण गर्ने जस्तो महत्वपुर्ण कार्य सबैको सहमतीमा हुनुपर्छ भन्ने तर्कको रुपमा यसलाई राम्रो मान्न सकिएला तर तर्कको नाममा तर्क गर्दै जनताहरुलाई कहिलेसम्म ओझेलमा राख्ने काम गर्ने हुन् नेपालका राजनीतिक दलहरुले ।
जनताले बहुमत दिएर पठाएका बेला संविधान निर्माण गर्न नसकेको एमाओबादीले आफुले सत्ता संचालन गर्न पाएको अवसरलाई गुमाएको छ । तत्कालिन समयमा सत्ता समिकरण लगायतका खेलहरुमा बढि समय खर्च गरेका कारण पहिलो संविधान सभामा पनि संबिधान आउन सकेन अहिले पनि दोस्रो संविधान सभापछिको अवस्थामा पनि कुनै धेरै भिन्नता देखिएको छैन् तर पनि यसपालि सत्ता संचालन गरेका दलहरुले प्रक्रियालाई अगाडी बढाउने आँट गरेका छन् तर त्यसको कार्यान्वयन गर्नै क्षमता अँझै देखिएको छैन् ।
आम नेपाली नागरिकहरुको भाग्य र भबिष्य सँग जोडिएको संबिधान निर्माण कार्य बाह्य शक्तिको खेलमा फसेर रोक्ने काम गर्नु हुँदैन् ।








